पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।  यस वर्ष नेपालभर मनसुन विस्तार हुन १२ दिन लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असार ५ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आज देशका सबै प्रदेशमा फैलिएको हो।

महाशाखाले आज देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी लिएर आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

२०८३ असार १७, बुधबार ०७:२२ प्रकाशित
ट्रेन्डिङ समाचार