काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दर्तासम्बन्धी विवरणलाई डिजिटल रूपमा सहज पहुँचयोग्य बनाउन ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ। उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा सुरु गरिएको यो प्रणालीमार्फत कम्पनी, उद्योग तथा फर्म दर्ताको जानकारी अब रियल टाइममा अद्यावधिक हुने भएको छ।
मन्त्रालयका अनुसार ड्यासबोर्डमा उद्योग विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका तथ्याङ्क समावेश गरिएको छ। एपीआईमार्फत एकीकृत गरिएको प्रणालीले दर्ता विवरण सार्वजनिक रूपमा हेर्न मिल्ने बनाएको छ भने भविष्यमा प्रदेशस्तरका तथ्याङ्कसमेत थपिने योजना रहेको छ।
२०८३ असार १५, सोमबार २०:५० प्रकाशित

