सरकारको कार्यशैलीप्रति राष्ट्रिय सभामा सांसद विष्टको प्रश्न


काठमाडौं  । राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि प्रश्न उठाएका छन्। सोमबारको बैठकमा बोल्दै उनले सरकार सुशासनको नाराबाट विचलित भएको, कूटनीतिक रूपमा कमजोर बनेको तथा संविधानमाथि खतरा उत्पन्न हुने गतिविधि भइरहेको आरोप लगाए।

उनले रास्वपाको आन्तरिक अवस्था, सरकारी खर्च, शिक्षा–स्वास्थ्य क्षेत्रको अवस्था र संवैधानिक निकायसँगको व्यवहारप्रति पनि असन्तुष्टि जनाए। संविधानको रक्षा गर्दै संवाद र सहकार्यमार्फत मुलुकका समस्या समाधान गर्न सरकारलाई उनले आग्रह गरे।

२०८३ असार १५, सोमबार २०:०२ प्रकाशित
ट्रेन्डिङ समाचार