सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेलको हिरासत थप
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण विभागको म्याद थप मागअनुसार विशेष अदालतले आदेश जारी गरेको हो। आदेशपछि पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ।