नेपाल बैंकको ब्याज छुटसहित ऋण चुक्ता योजना, असार मसान्तसम्म अवसर


काठमाडौं । नेपाल बैंकले कर्जा ग्राहकहरूका लागि ब्याज छुटसहितको विशेष ऋण चुक्ता योजना सार्वजनिक गरेको छ। बैंकले २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत वा अपलेखित भइसकेका १ करोड रुपैयाँसम्म बक्यौता साँवा भएका ग्राहकलाई असार मसान्तभित्र कर्जा चुक्ता गरेमा विशेष ब्याज छुट दिने जनाएको छ।

यस्तै, २०८० वैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय वर्गमा रहेका ग्राहकहरूले पनि असार मसान्तभित्र बक्यौता साँवा तथा ब्याज भुक्तानी गरी कर्जा चुक्ता वा खाता नियमित गरेमा ब्याज छुट पाउनेछन्। बैंकले सम्बन्धित ग्राहकलाई योजना अन्तर्गतको सुविधा उपयोग गर्न आग्रह गर्दै निश्चित शर्तहरू लागू हुने जनाएको छ।

 

२०८३ असार १२, शुक्रबार २०:१३ प्रकाशित
ट्रेन्डिङ समाचार