विष्णु पौडेल पक्राउ विरुद्ध बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चमा दायर


काठमाडौं  । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ। पौडेलकी पत्नीले दायर गरेको रिटमा राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि उनलाई प्रहरी हिरासतमा राखिएको हो। विशेष अदालतले मंगलबार उनलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त रिटमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने पेसी तोकिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार