२४ घण्टामा २,५५० सवारीचालक कारबाहीमा, १७ लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ५ सय ५० जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा १७ लाख २४ हजार ५ सय ३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, नियमविपरीत राइड सेयरिङ गर्ने १४२, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४० तथा तीव्र गतिमा सवारी चलाउने २०७ जनामाथि कारबाही गरिएको छ।
साथै लेन अनुशासन उल्लङ्घन गर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, बढी धुवाँ फाल्ने १४ र सवारीको प्राविधिक अवस्था जाँच नगरी सडकमा निकालिएका ३५ जनासहित अन्य १ हजार ७ सय ४६ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।