६४ पालिकाले सार्वजनिक गरे आगामी वर्षको बजेट


काठमाडौं  ।  देशभरका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रम तीव्र बनाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट विवरणअनुसार बुधबारसम्म ६४ वटा पालिकाले बजेट सार्वजनिक गरेका छन्।

कानूनी व्यवस्थाअनुसार स्थानीय तहहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम तथा राजस्व–व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्ने भएकाले अधिकांश पालिकाले बुधबार बजेट सार्वजनिक गरेका हुन्।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार सभामा पेश भएको बजेटमाथि छलफल गरी १५ दिनभित्र पारित गर्न वा सुझावसहित कार्यपालिकामा फिर्ता पठाउन सकिने व्यवस्था छ। त्यसपछि कार्यपालिकाले आवश्यक परिमार्जन गरी पाँच दिनभित्र पुनः सभामा पेश गर्नुपर्ने हुन्छ।

कानूनी प्रावधानअनुसार सबै पालिकाले असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्नेछ।

२०८३ असार १०, बुधबार १४:४१ प्रकाशित
ट्रेन्डिङ समाचार