काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् ।
७ असारदेखि चितवनमा रहेका शाह आज बुद्ध एयरमार्फत काठमाडौं गएका हुन्। महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेका उनले बन्दसत्रमा सहभागी हुँदै सभापति पदका उम्मेदवार रवि लामिछानेको प्रस्तावक बनेका थिए।
चितवन बसाइका क्रममा शाहले सौराहा र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए। काठमाडौं फर्किनुअघि उनले सामाजिक सञ्जालमार्फत चितवनलाई ‘न्यानो ठाउँ’ भन्दै अनुभव साझा गरेका छन्।
२०८३ असार १०, बुधबार १२:५९ प्रकाशित

