उम्मेदवार सूची ढिलाइ हुँदा रास्वपा महाधिवेशनको मतदान प्रभावित


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन नसक्दा मतदान प्रक्रिया प्रभावित भएको छ।

निर्वाचन आयोगले सूची उपलब्ध गराएपछि मात्रै विद्युतीय मतदान मेसिनमा विवरण अपलोड गर्न सकिने भएकाले मतदान अझै केही घण्टा पर धकेलिने देखिएको छ। करिब ४ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जनाइएको छ।

मतदानमा ढिलाइ भएपछि महाधिवेशनको कार्यतालिका पनि प्रभावित बनेको छ।

२०८३ असार १०, बुधबार १२:४७ प्रकाशित
ट्रेन्डिङ समाचार