काठमाडौँ । नदी किनारबाट हटाइएका सुकुमबासी तथा भूमिहीनहरूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टर ५ दिनभित्र खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेको छ। समितिले सोमबारदेखि शुक्रबारसम्म स्व–व्यवस्थापनमार्फत भवन खाली गर्न आग्रह गरेको हो।
आयोजना निर्देशक मचाकाजी महर्जन का अनुसार लामो समयसम्म होल्डिङ सेन्टरमा बसोबास गर्दा विस्थापितहरूको दैनिक जीवन प्रभावित भएको छ। सरकारले राहत तथा पुनर्स्थापना प्याकेज कार्यान्वयन गर्ने तयारी गरिरहेको समितिले जनाएको छ। यसअन्तर्गत होल्डिङ सेन्टरभित्र तथा बाहिर रहेका विस्थापित परिवारलाई कोठा खोज्न र प्रारम्भिक व्यवस्थापनका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराइनेछ।
२०८३ असार ९, मंगलवार १५:४९ प्रकाशित

