भोटेकोशी हेली रिसोर्ट लिलामीको संघारमा, सञ्चालक विवादले बढायो संकट


काठमाडौं  ।  सिन्धुपाल्चोकस्थित चारतारेभोटेकोशी हेली रिसोर्ट एण्ड स्पा सञ्चालकहरूबीचको विवाद र ऋण भुक्तानीमा भएको असफलताका कारण लिलामीको संघारमा पुगेको छ। नेपाल बैंकबाट लिएको ३२ करोड रुपैयाँ ऋण, ब्याज र जरिबानासहित करिब ३९ करोड ५४ लाख रुपैयाँ असुलीका लागि बैंकले प्रक्रिया अघि बढाएको हो।

रिसोर्टका पूर्व र वर्तमान लगानीकर्ताबीच सेयर कारोबार, व्यक्तिगत ग्यारेन्टी तथा आर्थिक दायित्वलाई लिएर विवाद चुलिएको छ। पूर्व सञ्चालकहरूले आफ्नो सेयर बिक्री गरिसकेको दाबी गरे पनि बैंकको कालोसूची र लिलामी प्रक्रियाको असर उनीहरूमा समेत परेको बताएका छन्।

उता, मुख्य लगानीकर्तामध्ये एक सुवास प्रधान चेक बाउन्स मुद्दामा कारागारमा रहेका छन् भने नयाँ लगानीकर्ता दीपेन्द्र अग्रवालले पनि आफू आर्थिक रूपमा ठगिएको दाबी गरेका छन्। ऋण नतिरेका कारण बैंकले रिसोर्ट लिलामीको तयारी अघि बढाएको जनाएको छ।

२०८३ असार ९, मंगलवार १४:४० प्रकाशित
ट्रेन्डिङ समाचार