देशका विभिन्न क्षेत्रमा वर्षा, तराईमा तातो लहरको सम्भावना


काठमाडौँ  ।  मनसुनी वायुको प्रभावका कारण आज देशका पहाडी तथा हिमाली भूभागका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने मधेससहित केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव जारी रहने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहने मौसमविद्ले बताएका छन्।

 

२०८३ असार ९, मंगलवार ०७:१५ प्रकाशित
ट्रेन्डिङ समाचार