अमेरिकाको लगातार दोस्रो जित, नकआउट यात्रा लगभग सुनिश्चित


काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती गोल र एलेक्स फ्रीम्यानको गोलमा अमेरिका विजयी बन्यो।

यस जितसँगै अमेरिकाले दुई खेलबाट ६ अंक जोड्दै कम्तीमा उत्कृष्ट तेस्रो स्थानका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। तीन अंक रहेको अष्ट्रेलियाको अघिल्लो चरण प्रवेशको सम्भावना भने अन्तिम खेलमा निर्भर रहनेछ।

२०८३ असार ६, शनिबार ०८:११ प्रकाशित
ट्रेन्डिङ समाचार