काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिकोमा सोमबार भएको खेलमा स्वीडेनका यासिन अयारीले दुई तथा अलेक्जान्डर इसाक, भिक्टर ग्योकेरेस र माथियास स्भानबर्गले एक–एक गोल गरे।
ट्युनिसियाका ओमार रेकिकले सान्त्वना गोल फर्काए। जितसँगै स्वीडेनले ३ अंक जोडेको छ। यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै एक–एक अंक बाँडेका छन्।