वर्षमान पुनको आरोप: अर्थमन्त्री वाग्लेले सांसदलाई धम्कीपूर्ण र हेपाहा भाषा प्रयोग गरेको दाबी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई हेप्ने र धम्की दिने शैलीमा अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा आर्थिक विधेयकमा कर दर हेरफेर र त्यसको सूचना चुहावटबारे छलफल भइरहेको थियो। सोही क्रममा प्रतिनिधिसभामा पनि यस विषयमा बहस भएको थियो।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले विगतका सरकारहरूले धेरै कर दर हेरफेर गरेको तर आफूले सीमित मात्रामा गरेको भन्दै अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै पुनले सांसदहरूलाई दबाब र हेपाहा शैलीमा प्रस्तुत भएको टिप्पणी गरे।
पुनले संसदीय समितिको मर्यादा समेत प्रभावित हुने गरी अभिव्यक्ति आएको भन्दै सभापतिबाट रुलिङ हुनुपर्ने माग गरेका छन्। सभापति भरत बहादुर खड्काले भने यस विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्।