वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन्। उनले युद्ध रोक्न कूटनीतिक प्रयास सफल हुन लागेको संकेत गरे पनि इरानले हालसम्म कुनै अन्तिम सम्झौता नभएको जनाएको छ।
अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको क्षेत्रीय तनावका बीच इरानले हर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गर्दा विश्व ऊर्जा आपूर्तिमा असर परेको छ। यद्यपि युद्ध रोक्न कूटनीतिक पहल जारी रहे पनि औपचारिक सहमति भएको पुष्टि हुन बाँकी छ।
२०८३ जेष्ठ २९, शुक्रबार ०८:१३ प्रकाशित

