१२ वेबसाइट अमेरिकाद्वारा जफत


काठमाडौँ । अमेरिकी संघीय अधिकारीहरूले चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित रहेको आशङ्कामा १२ भन्दा बढी वेबसाइट नियन्त्रणमा लिएका छन्। अमेरिकी न्याय विभागका अनुसार ती वेबसाइटहरू रोजगारी, परामर्श सेवा र अनुसन्धान संस्थाको आवरणमा सञ्चालन गरी वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूलाई लक्षित भर्ती अभियान चलाइरहेका थिए।

अनुसन्धानमा सुरक्षा स्वीकृति प्राप्त तथा संवेदनशील सरकारी जानकारीमा पहुँच भएका व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भएको खुलेको छ। आकर्षक रोजगारी अवसर र उच्च पारिश्रमिकको प्रलोभन देखाएर पूर्व सैनिक, गुप्तचर अधिकारी तथा रक्षा विशेषज्ञहरूलाई लक्षित गरिएको बताइएको छ।

अमेरिकी अधिकारीहरूले यसलाई विदेशी गुप्तचर गतिविधिको हिस्सा भन्दै वेबसाइटहरू जफत गरेका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान तथा सम्भावित कानुनी कारबाहीका लागि अनुसन्धान जारी रहेको जनाइएको छ।

२०८३ जेष्ठ २८, बिहीबार १०:१३ प्रकाशित
ट्रेन्डिङ समाचार