आजदेखि फिफा विश्वकप २०२६ सुरु


काठमाडौँ । उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा आजदेखि फिफा विश्वकप २०२६ सुरु हुँदैछ। उद्घाटन खेलमा मेक्सिकोले घरेलु मैदान एस्टाडियो एज्टेकामा दक्षिण अफ्रिकाको सामना गर्नेछ।

फिफा विश्वकपको २३औँ संस्करणमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदैछन्। ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। विश्वकपका खेलहरू तीन आयोजक राष्ट्रका १६ शहरमा सञ्चालन हुनेछन्।

साविक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन, ब्राजिल, इंग्ल्यान्ड तथा पोर्चुगल उपाधिका प्रमुख दाबेदार मानिएका छन्। प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युयोर्क–न्युजर्सीमा हुनेछ।

यस पटक विश्वकप विजेताले ट्रफीसँगै ५० मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

२०८३ जेष्ठ २८, बिहीबार ०८:५२ प्रकाशित
ट्रेन्डिङ समाचार