ADVERTISEMENT

इरानमाथि अमेरिकी सैन्य आक्रमण, क्षेत्रीय तनाव चुलियो


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी हेलिकप्टरमाथि आक्रमण गरेको आरोप लगाउँदै इरानका विभिन्न सैन्य तथा राडार केन्द्रहरूमा सैन्य कारबाही सुरु गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार यो आक्रमण इरानको आक्रामक गतिविधिको जवाफस्वरूप गरिएको हो।

आक्रमणपछि पर्सियन खाडी क्षेत्रका बन्दर अब्बास, केश्म र सिरिकलगायत स्थानमा ठूला विस्फोट भएका छन्। इरानले भने हेलिकप्टर खसालेको जिम्मेवारी नलिएको जनाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै कुनै पनि आक्रमणको जवाफ दिइने बताएका छन्। यस घटनापछि मध्यपूर्वमा तनाव थप बढेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार