सुन तोलामा २ हजारले बढ्यो, चाँदीको मूल्य पनि उकालो


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९०५ रुपैयाँ रहेको थियो।

२०८३ जेष्ठ २६, मंगलवार ११:५२ प्रकाशित
ट्रेन्डिङ समाचार