इरानको क्षेप्यास्त्र प्रहारपछि खाडी क्षेत्रमा तनाव चुलियो


काठमाडौं । इरानले बहराइन र कुवेततर्फ क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव थप बढेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार होर्मुज जलसन्धि नजिक अमेरिकी लक्षित क्षेत्रतर्फ प्रहार गरिएका सातमध्ये छ वटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै निष्क्रिय पारिएका थिए भने एउटा लक्ष्यमा नपुगी खसेको थियो।

बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयलाई लक्षित गरिएको आक्रमणलाई बहराइन सरकारले ‘खुला आक्रमण’ भन्दै निन्दा गरेको छ। कुवेतले पनि यसलाई ‘खतरनाक तनाव वृद्धि’ को संज्ञा दिएको छ।

आक्रमणपछि मनामा र कुवेतका केही क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताइएको छ। घटनाले मध्यपूर्वमा अमेरिका–इरानबीच बढ्दो तनावलाई थप चर्काउने संकेत गरेको विश्लेषण गरिएको छ।

२०८३ जेष्ठ २४, आईतवार १५:३५ प्रकाशित
ट्रेन्डिङ समाचार