एआईजी सरुवा रोकिँदा प्रहरी नेतृत्वमा असन्तुष्टि


काठमाडौँ । नेपाल प्रहरीमा एआईजी स्तरको सरुवा लामो समयदेखि रोकिँदा नेतृत्व तहका अधिकारीहरूमा असन्तुष्टि बढ्न थालेको छ। डीएसपी, एसपी र एसएसपीहरूको सरुवा सम्पन्न भए पनि एआईजीहरूको जिम्मेवारी हेरफेरबारे निर्णय हुन सकेको छैन।

हाल केही एआईजीहरूले १० महिनासम्म एउटै जिम्मेवारी सम्हालिरहेका छन् भने अवसर वितरणमा समानता नभएको गुनासो संगठनभित्र उठ्न थालेको छ। गृह मन्त्रालयले सरुवासम्बन्धी गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ भने अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्ने बताइएको छ।

सुरक्षा विज्ञहरूले नेतृत्व तहमा नियमित रोटेसन प्रणाली आवश्यक रहेको बताउँदै समयानुकूल सरुवाले प्रहरी संगठनको कार्यक्षमता र नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका छन्।

२०८३ जेष्ठ २४, आईतवार १५:२६ प्रकाशित
ट्रेन्डिङ समाचार