सीमा अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको विरोध


काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै श्रम संस्कृति पार्टीले शनिबार माइतीघरमा प्रदर्शन गरेको छ। पार्टीले उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत र तथ्यहीन रहेको भन्दै फिर्ता लिन माग गरेको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले राष्ट्रको सम्मान र नेपाली भूमिको रक्षा गर्नुपर्ने मागसहित विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए। कार्यक्रममा सांसद आरेन राई ले सीमा समस्या र सीमा मिच्ने विषयलाई एउटै रूपमा बुझ्न नहुने बताउँदै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले यस विषयमा पार्टीको अडान यथावत् रहने पनि स्पष्ट पारे।

२०८३ जेष्ठ २३, शनिबार १६:३२ प्रकाशित
ट्रेन्डिङ समाचार