दक्षिणकाली सडकमा दुई सवारी ठोक्किँदा १४ जना घाइते


काठमाडौँ ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप ठोक्किँदा १४ जना घाइते भएका छन्।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

२०८३ जेष्ठ २३, शनिबार १६:२४ प्रकाशित
ट्रेन्डिङ समाचार