काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइई ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा असार २५ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ। असार १ देखि ९ गतेसम्म सञ्चालन हुने परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई साताभित्र प्रकाशन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यस वर्ष एसइईमा १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका थिए। ग्रेड ‘सी’ भन्दा कम प्राप्त विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ।
२०८३ जेष्ठ २३, शनिबार १५:२७ प्रकाशित

