सीमा विवाद अभिव्यक्तिविरुद्ध नेविसंघको प्रदर्शन, प्रधानमन्त्री शाहको राजीनामा माग


काठमाडौँ । सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको अभिव्यक्तिको विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले राजधानीमा प्रदर्शन गरेको छ। त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका विद्यार्थीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका हुन्।

प्रदर्शनकारीहरूले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट गैरजिम्मेवार अभिव्यक्ति आएको आरोप लगाएका छन्। त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली नागरिकको भावनामा चोट पुगेको दाबी गरेका छन्।

२०८३ जेष्ठ २२, शुक्रबार ११:३० प्रकाशित
ट्रेन्डिङ समाचार