पश्चिमी न्यून चापीय प्रभावले पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ । देशको पश्चिम भूभाग आसपास सक्रिय रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभावका कारण आज हिमाली तथा पहाडी भूभागमा बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। तराई क्षेत्रमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा तातो दिन रहने सम्भावना छ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।