काठमाडौं । मुस्ताङमा विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत जोमसोम इलाका संरक्षण कार्यालयका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामा १ लाख ४२ हजार ७३९ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। यसमध्ये १ लाख २९ हजार ३४१ जना सार्क राष्ट्रका तथा १३ हजार ३९८ जना अन्य देशका पर्यटक रहेका छन्।
मे महिनामा मात्रै ६५ हजार ९९४ पर्यटक मुस्ताङ पुगेका थिए। कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ। भारतीय पर्यटकको संख्या सबैभन्दा बढी रहेको र अधिकांश मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन्। धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षणले मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।