देशका केही क्षेत्रमा वर्षा


काठमाडौँ । पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। यता कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो मौसम कायम रहने अनुमान गरिएको छ। राति भने अधिकांश तराई क्षेत्रमा मौसम सफा रहनेछ।

२०८३ जेष्ठ २०, बुधबार ०७:५५ प्रकाशित
ट्रेन्डिङ समाचार