मनाङमा ट्रक दुर्घटना, दुई जनाको उद्धार


काठमाडौँ । मनाङको खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अनियन्त्रित भएर सडकबाट तल खसेको ट्रक दुर्घटनामा परेको हो।

घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाइएको छ।

घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।

२०८३ जेष्ठ १६, शनिबार १३:२५ प्रकाशित
ट्रेन्डिङ समाचार