कर्मचारीमा उत्साह : अब कसको तलब कति? २१ प्रतिशतसम्म वृद्धि


काठमाडौं । सरकारले निजामती, प्रहरी, सेना र शिक्षकसहित राष्ट्रसेवक कर्मचारीको तलब तथा सेवा सुविधामा करिब २१ प्रतिशतसम्म वृद्धि गरेसँगै कर्मचारी वृत्तमा उत्साह देखिएको छ । तीन वर्षपछि भएको तलब समायोजनले आफ्नो मनोबल बढेको धेरै कर्मचारीहरूले प्रतिक्रिया दिएका छन् ।

सरकारले बजेटमार्फत आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । साथै, सबै राष्ट्रसेवक कर्मचारीलाई थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ । यसका अतिरिक्त हालसम्म दिँदै आएको मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता भने यथावत राखिएको छ ।

अर्थमन्त्रीले बजेट भाषणमार्फत जानकारी दिएअनुसार, यी सबै सुविधा जोड्दा कर्मचारीको कुल पारिश्रमिकमा औसत करिब २१ प्रतिशतसम्म वृद्धि हुने देखिन्छ ।

सरकारले प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था कार्यसम्पादन सूचक (इन्डिकेटर) का आधारमा कार्यान्वयन गर्ने जनाएको छ । यसअनुसार विभिन्न कार्यालयले आन्तरिक मूल्यांकन प्रणाली बनाएर कर्मचारीलाई थप सुविधा वितरण गर्नेछन् ।

२०८३ जेष्ठ १५, शुक्रबार १९:५० प्रकाशित
ट्रेन्डिङ समाचार