काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका ५३ वर्षीय प्रणवलाल सिंह पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
२०८३ जेष्ठ १०, आईतवार २१:०३ प्रकाशित


