काठमाडौँ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर सामान्यदेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेससहित केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा तातो दिन तथा तराई क्षेत्रमा लु चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
२०८३ जेष्ठ १०, आईतवार ०७:१० प्रकाशित


