काठमाडौं । चीनको शानक्सी प्रान्तस्थित लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ भएको ग्यास विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। दुर्घटनाका बेला खानीभित्र रहेका २४७ कामदारमध्ये २०१ जनालाई सुरक्षित उद्धार गरिएको छ।
हालसम्म ३८ जना बेपत्ता रहेका छन् र उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ। राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारमा कुनै कमी नगर्न र घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन्। प्रारम्भिक विवरणअनुसार खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा अत्यधिक बढेपछि विस्फोट भएको हुनसक्ने बताइएको छ।
२०८३ जेष्ठ ९, शनिबार ११:०२ प्रकाशित

