वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी गर्ने चार पक्राउ


काठमाडौँ।  वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दिपेश गुरुङ र सौगात गुरुङले टर्की पठाइदिने भन्दै ८ जनाबाट ८६ लाखभन्दा बढी रकम ठगी गरेका थिए । यस्तै सूर्य प्रकाश खेजुमले साइप्रस पठाइदिने भन्दै ९ लाख ५० हजार रुपैयाँ र शान्ति श्रेष्ठले लिथुआनिया पठाइदिने भन्दै १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

आकर्षक तलबको प्रलोभन देखाई रकम लिएपछि सम्पर्कविहीन बनेको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

२०८३ जेष्ठ ७, बिहीबार ०८:२८ प्रकाशित
ट्रेन्डिङ समाचार