काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलको पूर्ण बैठकले सार्वजनिक गरेको विवरण अनुसार १६५ जना परीक्षार्थीमध्ये १३१ जना उत्तीर्ण भएका हुन्। परीक्षामा २ जना अनुपस्थित रहेका थिए भने ३२ जना अनुत्तीर्ण भएका छन्।
काउन्सिलले कार्य सञ्चालनलाई व्यवस्थित गर्न ७ वटा समिति गठन गर्ने निर्णय पनि गरेको छ। ती समितिहरूमा शिक्षा तथा सीपीडी समिति, दर्ता समिति, विदेशी नागरिक चिकित्सक दर्ता समिति, व्यावसायिक आचरण तथा स्वास्थ्य समिति, परीक्षा समिति, दन्त समिति र खरिद समिति रहेका छन्।
२०८३ जेष्ठ ५, मंगलवार २०:०५ प्रकाशित


