काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले ६ जना सहसचिव र दुई जना उपसचिवको जिम्मेवारी हेरफेर गर्दै नयाँ पदस्थापन गरेको हो।
सरुवाअनुसार ललितपुरको प्रमुख जिल्ला अधिकारीमा नरहरी घिमिरेलाई खटाइएको छ भने भक्तपुरमा विनोदकुमार खड्का पुगेका छन्। त्यसैगरी दाङमा निश्चलराज पाण्डे, सिन्धुपाल्चोकमा शशीधर घिमिरे तथा रुपन्देहीमा विश्वप्रकाश अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयले सहसचिव माधवप्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। पोखरेल यसअघि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।
यस्तै, पश्चिम रुकुमको प्रमुख जिल्ला अधिकारीमा उपसचिव निशानराज गौतमलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
२०८३ जेष्ठ ५, मंगलवार १७:५२ प्रकाशित


