रसुवा ऊर्जा राजधानी बन्दै, ३६५ मेगावाट विद्युत् उत्पादन


रसुवा ।  रसुवा जिल्लामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाबाट हाल ३६५ मेगावाट विद्युत् उत्पादन क्षमता स्थापित भएको छ । २० मेगावाटको चिलिमे जलविद्युत् केन्द्रदेखि रसुवागढी, साङ्जेन र माथिल्लो त्रिसूली–३ए जस्ता आयोजनाले उत्पादन दिइरहेका छन् भने थप ३५६ मेगावाट क्षमताका तीन ठूला आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सुक्खायामका कारण हाल उत्पादन केही घटे पनि हिमपग्लन र मनसुन सुरु भएसँगै उत्पादन बढ्ने अपेक्षा गरिएको छ । जलविद्युत् आयोजनाले जिल्लामा रोजगारी, सडक, पूर्वाधार विकास र स्थानीयलाई सेयर वितरणमार्फत आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पुर्‍याएको छ । रसुवा अब नेपालको “ऊर्जा राजधानी” का रूपमा परिचित हुन थालेको स्थानीयवासीको भनाइ छ ।

२०८३ जेष्ठ २, शनिबार २१:३२ प्रकाशित
ट्रेन्डिङ समाचार