काठमाडौँ ।
नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
२०८३ जेष्ठ २, शनिबार ०७:४९ प्रकाशित


