घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा


काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कमला–ढल्केबर–बागमती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो। आयोगले बिगोबमोजिम कारबाहीको माग गर्दै मंगलबार आरोपपत्र दायर गरेको जनाएको छ।

२०८३ बैशाख २९, मंगलवार २०:२७ प्रकाशित
ट्रेन्डिङ समाचार