पहिरो र बाढीले राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालन


काठमाडौं । 

देशका विभिन्न क्षेत्रमा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोकको खुरकोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्ड वैशाख २२ गतेदेखि पूर्ण रूपमा बन्द गरिएको छ। भोजपुरको बोखिम क्षेत्रमा बाढीले सडक अवरुद्ध गरेपछि वैकल्पिक मार्गमार्फत एकतर्फी सञ्चालन गरिएको छ।

यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

२०८३ बैशाख २९, मंगलवार १०:३६ प्रकाशित
ट्रेन्डिङ समाचार