काठमाडौँ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तथा राति कोशी, बागमती, गण्डकीसहित पहाडी र हिमाली भूभागका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।
२०८३ बैशाख २९, मंगलवार ०७:११ प्रकाशित


