रोलक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस


परिषद् बैठकमा दुईजनाको फरक मत
काठमाडौं
सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो । रोक्रममा रहेका पहिलो, दोस्रो र तेस्रोलाई फालेर चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको हो ।
न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।
जसमा शर्मासँगै हाल कामु रहेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा नहकुल सुवेदी रहेका थिए । संवैधानिक परिषद्को बैठकमा परिषद् सदस्यहरु राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्म आङदेम्बेले एक नम्वरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस नगरिएको भन्दै फरक मत राखेका थिए ।

२०८३ बैशाख २४, बिहीबार १९:२५ प्रकाशित
ट्रेन्डिङ समाचार