–आचारसंहिता उल्लंङ्न गर्नेमाथि कडा कारवाही गरिने
काठमाडौ
देशभरमा सबैभन्दा बढि निर्वाचन क्षेत्र रहेको काठमाडौमा निर्वाचनलाई निश्पक्ष , भयरहीत र शान्त वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ र कडा परिएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलले सोमबार जिल्लाका प्रमुख दलका प्रतिनिधिहरु तथा उम्मेदवारका प्रतिनिधिहरुसँग छलफदल गर्दै काठमाडौ जिल्लाभरमा सुरक्षा व्यवस्था सुदृढ र मजबुत पारिएकाले निर्धक्कका साथ बढि भन्दा बढि मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले अझै पनि निर्वाचन हुँदैन की भनेर कसैले हल्ला फैलाउन खोजे त्यस्ता तत्व माथि समेत कडा कारवाही गरिने चेतावनी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले प्रमुख दल र तिनका उम्मेदवारका प्रतिनिधिहरुलाई चुनाव प्रचार प्रसारका क्रममा आचारसंहिताको पूर्ण पालना गर्न समेत आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले काठमाडौमा निर्वाचन सम्पन्न गराउन ५ हजार कर्मचारीलाई फिल्डमा खटाइसकिएको जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षा भंग गर्न खोज्ने जोसु्कै माथि समेत काठमाडौ प्रशासन आक्रामक रुपमा प्रस्तुत हुने बताउनुभयो । कार्यक्रममा काग्रेस, एमाले, नेकपा, रास्वपा, उज्यालो नेपाल पार्टी, राप्रपा लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सुरक्षा व्यवस्था अझै सुदृढ बनाउन,आचारसंहिता पालना भए नभएको बारेमा प्रभावकारी अनुगमन गर्न आग्रह गर्दै निर्वाचन सफल बनाउन आफुहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।
सो कार्यक्रममा काठमाडौका प्रमुख निर्वाचन अधिकृत तथा जिल्लाका १ नम्बर न्यायधीश चुरामान खड्काले २१ फागुनको निर्वाचनका बारेमा फैलाइएका सबै खाले हल्लाहरु निराधार भएको र निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै दललाई निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । सो छलफल कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।


