दाङको लमहीमा गोली चल्यो , एक जना घाइते


काठमाडौं

दाङको लमही बजारमा दिनदहाडै गोली चलेको छ । लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गोली लागेर पसल सञ्चालक घाइते भएका छन् । सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
सुन पसलमा गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ । अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर आक्रमणकारीको खोजी गरिरहेको बताइएको छ ।

२०८२ मंसिर २०, शनिबार १६:०७ प्रकाशित
ट्रेन्डिङ समाचार