झलनाथले मागे माधव नेपालको राजीनामा


काठमाडौं

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालको राजीनामा मागेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन हुँदा पनि पार्टी नेतृत्व नछाडेको भन्दै आलोचना गरे ।
उनले भने, ‘मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो । अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने रु कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस् । तपाईँले नेतृत्व छाड्नुस् ।’

२०८२ कार्तिक १३, बिहीबार २३:१७ प्रकाशित
ट्रेन्डिङ समाचार