काठमाडौं
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकोको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू(भागमा आंशिक बदली देखिएको छ भने बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ।
महाशाखाले शुक्रबार साँझ आगामी दिन दिनको मौसम पूर्वानुमान समेत गरेको छ । जसअनुसार
कार्तिक ७ गते (शुक्रबार)
राति – कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ, बाँकी भू(भागमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
कार्तिक ८ गते ९शनिबार०स्
दिउँसो – सबै प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ, बाँकी भू(भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
राति – कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागमा मौसम सामान्य रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भू(भागमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
कार्तिक ९ गते ९आइतबार०स्
दिउँसो – कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
राति – देशको पहाडी भू(भागमा आंशिक बदली रहनेछ, बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहनेछ।
महाशाखाले आगामी तीन दिन सामान्य मौसम रहने भए पनि पहाडी–हिमाली भू(भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले जनतालाई सतर्क रहन अनुरोध गरेको छ।
