छिटोछरितो सेवा प्रवाह गर्नेगरी सेवाग्राही सहजीकरण कक्षको व्यवस्था गर्न निर्देशन
काठमाडौं
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार महाशाखाले सेवाग्राही सहजीकरण कक्षको व्यवस्था गर्न निर्देशन दिएको छ ।
यही असोज २ गतेको मुख्यसचिवस्तरीय निर्णयअनुसार विनम्र कर्मचारीसहितको सेवाग्राही सहजीकरण कक्षको व्यवस्था गर्न सबै मन्त्रालयलाई निर्देशन दिइएको हो ।प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयरनिकायमा सेवाग्राहीहरूलाई उपलब्ध गराउने सेवा झन्झटरहित, छिटोछरितो तरिकाले प्रवाह गर्नेगरी उपयुक्त र विनम्र कर्मचारीसहितको सेवाग्राही सहजीकरण कक्षको व्यवस्था गर्ने,ु अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई बोधार्थ दिइएको पत्रमा भनिएको छ ।
यस्तै महाशाखाले सेवा प्रदायक कार्यालयरनिकायमा कुनै पनि काममा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा तत्काल सम्पर्क गरी सेवाग्राहीको गुनासो सम्बोधन गर्न प्रत्येक मन्त्रालयरनिकायले हटलाइन नम्बरको व्यवस्था गरी गुनासो सुनुवाइको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तो हटलाइन नम्बर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत जानकारी गराउन कार्यालयका सहसचिव भीष्मकुमार भुसालले आग्रह गरेका छन् ।
यसका साथै प्रदेश सरकार र स्थानीय सरकारले पनि उपर्युक्त बमोजिमको व्यवस्था गर्नुपर्ने निर्देशनमा भनिएको छ ।


