दशैं नजिकिदा बसपार्कमा घर फर्कने यात्रुको भीडभाड बढ्दो :थपियो दशैको उत्साह


काठमाडौं
नेपालीहरुको महान पर्व वडादशैं नजिकिएसँगै घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ ।
काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट दशेैका अवसरमा घर जानका लागि उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।
उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । वर्षाले वाटो विग्रने सम्भावना भएकाले सर्वसाधारणहरु हतारमा घर फर्किरहेको बताइएको छ । केहिले यस पटकको दशै हिले हुने अनुमान गरेका छन् ।हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
यस बर्ष पनि विगतमा जस्तंै १५ लाख भन्दा बढि सर्वसाधारण दशै मनाउन घर फर्कन सक्ने अनुमान गरिएको छ ।

२०८२ आश्विन ४, शनिबार १६:५७ प्रकाशित
ट्रेन्डिङ समाचार